
धादिङ । गणित शिक्षा परिषद, प्याब्सन र एनप्याब्सन गरी तीन संस्थाको आयोजनामा बुधबार धादिङबेसीमा माध्यामिक विद्यालयका गणित विषयका शिक्षकहरुका लागि एक दिवसीय पेशागत विकास तालिम सम्पन्न भएको छ । गणित शिक्षा परिषद धादिङका अध्यक्ष प्रयास रेग्मीको सभापतित्वमा भएको यस कार्यक्रमको संचालन सचिव उत्तम भट्टले गरेका थिए ।
मेयर भीम ढुङ्गानाद्वारा प्रविधि मैत्री बन्न आग्रह
तालिम उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीमप्रसाद ढुङ्गानाले शिक्षकहरु प्रविधिमैत्री बन्नु पर्ने बताएका थिए । सूचना र प्रविधि धेरै अगाडी बढीसक्यो तपाईहरुको विज्ञता अपडेट हुन नसके गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउँदै मेयर ढुङ्गानाले प्रविधि मैत्री अर्थात एआई प्रविधि जान्ने शिक्षकले मात्रै अब गुणस्तरिय शिक्षा दिन सक्ने बताएका थिए ।

पाठ्यपुस्तक लेखक तथा सहजकर्ता सिंखडालाई सम्मान
धादिङ जिल्ला गुम्दी – ३, छेलांङ गाउँमा जन्म भई तामाङखर्क मा.वि. बाट २०५० सालको एसएलसी परीक्षा उत्तीर्ण भई उच्च शिक्षा अध्ययनको क्रममा चितवनको शहिद स्मृति बहुमुखी क्याम्पसबाट २०५६ सालमा गणित र अर्थशास्त्रमा स्नातक (बिए) सम्मको अध्ययन पूरा गरी तत्पश्चात् त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या अध्ययनमा स्नातकोत्तर, चितवनकै विरेन्द्र बहुमुखी क्यापसबाट अर्थशास्त्रमा सोही क्याम्पसको सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय तहको ५० भन्दा धेरै गणित विषयको पाठ्यपुस्तक साथै सन्दर्भ सामग्री लेखनमा निरन्तर रही अमेरिकाको जेम्स म्याडिसन यूनिभर्सिटीबाट गणित शिक्षामा सर्वोत्कृष्ट डिन लिस्टमा पर्न सफल, चौथो मास्टर डिग्रीको रुपमा २०२२ – २०२४ मा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर तहको गणित शिक्षा पढी सम्पूर्ण सात वटै संकाय र सबै मास्टर तहको प्रोग्राममा सर्वोत्तम नतिजा (४.0 जिपिए) सहित काठमाडौं विश्वविद्यालयको सर्वोत्कृष्ट सम्मान The Chancellor Gold Medalist भई सम्माननीय प्रधानमन्त्रीको हातबाट | The Chancellor Gold medal पाउन सफल रही हाल अमेरिकाको जेम्स म्याडिसन यूनिभर्सिटीबाट Measurement and Assessment in Mathematics Education मा विद्यावारिधि (PhD ) गर्दै गरेका डि. आर. सिम्खडा लाई पनि कार्यक्रमका सम्मान गरिएको थियो ।
धादिङबाट एसईईमा चार जीपीए ल्याउने आठ विद्यार्थीलाई सम्मान
आयुष शर्मा, न्यू किबो बोर्डिङ
समिर भण्डारी, न्यू किबो बोर्डिङ
प्रिसिला तामाङ, चिल्ड्रेनपार्क
समृद्धि ढकाल, जनकल्याण मावि
सौरभी वाग्ले, जनकल्याण मावि
ईश्वर भण्डारी गजुरी पिडा मावि
सन्ध्या तिमल्सिना, नीलकण्ठ बालमन्दिर
प्रशंषा श्रेष्ठ, सुनौलो भैरवी
कार्यक्रमको उद्घाटन सत्रमा एसईई २०८१ मा धादिङबाट चार जीपीए ल्याउने आठ जना विद्यार्थीहरुलाई नगद ३ हजार सहित सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।
उद्घाटन सत्र पछि सुरुभएको Professional Development तालिममा गणित विषय विज्ञ डीआर सिंखडाले अतिरिक्त गणित विषयको परिवर्तित पाठ्यक्रम थपघट गरिएका विषयवस्तुको छलफल, प्रश्नपत्र निर्माण प्रक्रिया, गणितमा प्रविधिको प्रयोगका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रमलाई Read More publication काे सहयाेग रहेकाे थियाे ।तस्वीरः कृष्णनारायण श्रेष्ठ
