‘तामाङ घेदुङ यूके’ मा दुई पदाधिकारी सहित पाँच जना धादिङका

Avatar photo
Dhadingpost
असार ३२, २०८२

लण्डन । बेलायतमा रहेका तामाङ समूदायहरुको पाँच संस्थाहरुले तामाङहरुको एकताको प्रतिकको रुपमा गतिविधि गर्ने सहमति गर्दै हरिसिंह वाइबाको नेतृत्वमा २५ सदस्यीय ‘तामाङ घेदुङ यूके’ तदर्थ समिति गठन गरेका छन् ।

यसअघि बेलायत रहेका तामाङहरुले ल्हा म्हेन्दो समाज लण्डन, तामाङ समाज यूके, म्हेन्दो माया समाज यूके, तामाङ घेदुङ रिडिङ, र तामाङ ह्युल्बा केन्ट मार्फत गतिविधि गर्दै आएका थिए । यी सबै संस्थाहरुको पहलमा तामाङ घेदुङ यूके गठन भएको धन तामाङले धादिङपोष्टलाई बताए ।

नव गठित तामाङ घेदुङ यूकेको कार्यसमितिको अध्यक्ष अध्यक्ष हरिसिंह वाइबा, महासचिव बाम ब्लेन्थेन, सहसचिव धनकुमार तामाङ सहित पाँच जना धादिङ जिल्लाका रहेका छन् ।

तामाङ घेदुङ यूकेको नव गठित कार्यसमिति
अध्यक्षः हरिसिंह वाइबा
उपाध्यक्षः उदय कुमार घिसिङ, कुमार स्याङदान, आइतसिंह मम्बा, अनिश वाइबा र गोपाल तामाङ
महासचिवः बाम ब्लेन्थेन
सचिवः विशाल स्याङबो
सह-सचिवः धनकुमार तामाङ, जय लोप्चन र करिना तामाङ
कोषाध्यक्षः दावा स्याङबो
सह-कोषाध्यक्षः मानु लामा, बिपना तामाङ, दल ब्लेन्देन र लाखमान पाख्रिन
सदस्यः सुवास लामा, गोल तामाङ, मनु तामाङ, शेर पाख्रिन, रेशम स्याङबो, सुसा पन्नाचन तामाङ, शान्तीय सेन्देन, जयमान तामाङ र रोज लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले प्रेम लामा घिसिङको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा बुद्दि लामा, लक्ष्मी घिसिङ, पूर्ण पाख्रिन, फौदसिंह लामा, जयमान तामाङ र राजन योन्जन सदस्य रहेका छन् भने सल्लाहकारहरुमा लक्ष्मी घिसिङ, धन पाख्रिन, तुल लोप्चन, प्रेमलाल घिसिङ, फौद सिंह लामा, विशाल मोक्तान, राजन योञ्जन, कविराज घिसिङ, सूर्य लोप्चन, बुद्दि घिसिङ र हर्क योञ्जन रहेका छन् ।