
धादिङ । विनासकास कारी भूकम्प पछि धादिङमा सबैभन्दा बढी भौतिक संरचना विद्यालय र स्वास्थ्य संस्थाको बने । तर अझै केहि स्वास्थ्य चौकी भवन निर्माण कार्य ढिलाई भएको छ । स्वास्थ्य चौकी भवन निर्माणमा ढिलाई गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले ठेक्का रद्द गर्ने चेतावनीसमेत दिएको छ ।
जिल्लाका नेत्रावती डबजोङ, गल्छी, थाक्रे, त्रिपुरासुन्दरी गाँउपालिका र गंगा जमुना गाउँपालिकामा एकै साथ ठेक्का लगाइएका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने समयभन्दा झण्डै एक वर्ष ढिलाइ भएपछि ठेक्का रद्द गर्ने चेतावनी दिईएको आयोजनाले जनाएको छ ।
गंगाजमुना गाँउपालिका-५ कटुन्जे, मुलपानी र भोगटेनीसहित ४ स्थानमा निर्माण भइरहेका स्वास्थ्य चौकीका भवन अलपत्र अवस्थामा छन् । यी स्वास्थ्य चौकी भवनको निर्माण रविना-अविशा-विकोन जेभी काठमाडौंले २०८१ असोज ७ गते भित्र सम्पन्न गर्ने गरी २०७७ फागुन २० मा ठेक्का सम्झौता गरेको थियो, तर हाल सम्म ५५ प्रतिशत मात्रै काम भएको पाईएको छ । चार वटा स्वास्थ्य चौकीको लागत अनुमान १० करोड ७३ लाख ९१ हजार गरिएकोमा कटुन्जे स्वास्थ्य चौकी भवनको मात्रै लागत २ करोड ७० लाख ३१ हजार लागत अनुमान गरिएको थियो । स्वास्थ्य चौकीको भवन निर्माणमा हालसम्म २ करोड ७२ लाख ८९ हजार खर्च भइसकेको आयोजनाले जनाएको छ ।
मार्पाक स्वास्थ्य चौकी भवन समयमा निर्माण नभएकाले पुरानै भवनबाट सेवा प्रदान हुँदै आएको छ । आयोजना र ठेकेदार कम्पनीबीच समन्वयको अभावमा भवन निर्माणमा ढिलाइ भएकाले स्थानीय आफूहरुले पनि आरोप खेप्नुपर्ने अवस्था भएको जनप्रतिनिधिको भनाइ छ । निर्माण कम्पनी र सरोकारवाला निकायलाई छिटो काम गर्न जनप्रतिनिधि ठाकुर गुरुङको भनाइ छ ।
यता, नेत्रावती डबजोङ गाउँपालिकास्थित कटुन्जे स्वास्थ्य चौकीको ५५ प्रतिशत काम सम्पन्न भएको छ । थपिएको म्याद भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको आयोजनाले जनाएको छ ।

