धादिङको पर्यटन व्यवसाय दर्ता तथा नविकरण अब सौराहामा

Avatar photo
Dhadingpost
असार ३१, २०८२

धादिङ । बागमती प्रदेशको पर्यटन कार्यालय सौराहाकाले धादिङ जिल्ला पनि हेर्ने भएको छ । यो सँगै धादिङका पर्यटन व्यवसायीहरुले नयाँ दर्ता तथा नविकरणको काम गर्न सौराह जानु पर्ने भएको छ ।

धादिङबेसीमा पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेमप्रसाद ढकालले सरोकारवालाहरु सँग धादिङबेसीमा आईतबार एक अन्तरक्रिया कार्यक्रम गर्दै दर्ता तथा नविकरणको काम गर्न अब चितवन आउनु पर्ने जनाएका हुन् ।

हामी दर्ता तथा नविकरणका काम मात्रै गर्दैनौ । पर्यटन प्रवद्र्धनका काम समेत गर्ने हुँदा आवश्यक वजेट पनि माग गर्न प्रमुख ढकालले आग्रह गरेका थिए ।