
धादिङ । रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ इजरायल सरकारको निमन्त्रणामा स्थानीय तहका नेतृत्व, विकास साझेदार, तथा प्रविधि प्रदायकहरूबीच सहकार्य र नवप्रवर्तन प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम मुनि एक्सपो २०२५ (MUNI EXPO) मा सहभागिता जनाउनका लागि इजरायलतर्फ प्रस्थान गरेका छन् ।
स्थानीय शासन सुदृढीकरण, पूर्वाधार तथा प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित सो एक्सपोमा सहभागी हुन अध्यक्ष रामसिंह तामाङ इजरायल प्रस्थान गरेका हुन् ।
