नीलकण्ठ क्याम्पस प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त

Avatar photo
Dhadingpost
असार २८, २०८२

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पस प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त भएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियनको केन्द्रिय उपाध्यक्ष समेत रहेका उनी गोरखापत्र दैनिकमा धादिङ संवाददाताको रुपमा समेत काम गर्दै आएका छन् ।

वि.स. २०५७ सालमा १२ जना विद्यार्थीबाट सुरु भएको यस क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन  (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस हो ।

यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सञ्चालित छन् । स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकाय सञ्चालित छन् भने स्नातकोत्तर तहमा शिक्षाशास्त्रको नेपाली अग्रेजी विषय र व्यवस्थापन संकायका कक्षाहरु सञ्चालित छन् ।

x