धादिङका पाँच स्वास्थ्य संस्थाहरु बीमा बोर्डद्वारा प्रथम विन्दुमा सूचिकृत

Avatar photo
Dhadingpost
असार २७, २०८२

धादिङ । स्वास्थ्य बीमा बोर्डले धादिङका पाँच स्वास्थ्य संस्थाहरुलाई प्रथम विन्दुका रुमा सूचिकृत गरेको छ ।

सरकारी अस्पताल मात्रै प्रथम सेवा विन्दु हुने बीमा बोर्डको निर्णय अनुसार धादिङका पाँच स्वास्थ्य संस्था (धादिङ अस्पताल, बैरेनी अस्पताल, फुलखर्क ग्रामीण अस्पताल, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) मात्रै प्रथम विन्दुमा सूचिकृत रहेका छन् ।

यस अघि निजि अस्पतालमा पनि प्रथम सेवा विन्दुको सुविधा थियो, अब सरकारी सूचिकृत भएका स्वास्थ्य संस्थाबाट रेफर लिएर मात्रै सेवा पाइन्छ ।