जटिल रोगका बिरामीले अब दुई लाख उपचार सुविधा पाउने

Avatar photo
Dhadingpost
असार २५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडलले स्वास्थ्य बीमामा आवद्ध बिरामीले आठ प्रकारका जटिल रोगीले अब दुई लाख रुपैयाँ उपचार सुविधा पाउने बताएका छन् ।

यसअघि जटिल रोगले ग्रसित बिरामीले एक लाख रुपैयाँसम्मको सुविधा पाउँदै आएको थिए, त्यसलाई दोब्बर बनाइएको उनले बताए ।

यी हुने जटिल आठ रोगहरु
क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर

मन्त्री पौडलेले यो घोषणा साउन १ गतेबाट लागू हुने र यसले कडा रोग लागेर उपचारका लागि खर्च जुटाउन नसकेका बिरामीलाई राहत दिईएने र स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन समेत बताएका छन् ।