
धादिङ । लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले आज धादिङ अस्पताल परिसरमा आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल ११९ जनाले रक्तदान गरेका छन् ।
वृहत रक्तदान कार्यक्रममा ११९ स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेकोमा क्लबका अध्यक्ष विक्रम विश्वकर्माले विशेष धन्यावाद प्रकट गर्दै यही महिनाको असार ३१ गते गजुरी गाउँपालिकाको वडा नं ७ स्थित सीमान्तीकृत चेपाङ समुदायको वस्तीमा निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविर घोषणा भई तयारीमा जुटेको बताए ।

