पोर्चुगलमा बेनीघाट रोराङका भीष्मबहादुर खड्का निधन

Avatar photo
Dhadingpost
असार २२, २०८२

धादिङ । धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाट निवासी भीष्मबहादुर खड्काको पोर्चुगलमा असामहिक निधन भएको छ ।

स्वर्गिय खड्काको शव नेपाल पठाउन आर्थिक सहयोका लागि धादिङ समाज पोर्चुगलले आग्रह गरेको छ ।

अध्यक्ष कुमार तामाङको हस्ताक्षरित अपिल पत्रमा भनिएको छ । भीष्मबहादुर खड्काको पोर्तुगलमा आज ५ जुलाई २०२५ मा असामयिक निधन भएको खबरले हामी सम्पूर्ण धादिङ समाज पोर्तुगल स्तब्ध र मर्माहत भएका छौं । स्व. खड्काको शव व्यवस्थापन तथा नेपाल पठाउने प्रक्रिया सहज बनाउन सकेको आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।