वाईसीएलद्वारा गजुरीको सहिद शान्तिपार्कमा वृक्षरोपण

Avatar photo
Dhadingpost
असार २१, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिका ७ जैसीटार स्थित शहीद शान्ति पार्कमा माओवादी केन्द्रको युवा संगठन वाईसीएल गजुरीले वृक्षारोपण गरेको छ ।

निर्माण कै चरण मै रहेको सहिद शान्तिपार्कको सुन्दरतामा रुख विरुवाले महत्वपूर्ण भूमिका खेल्ने भएकोले आज वृक्षारोपण गरिएको वाईसीएल गजुरीका अध्यक्ष दिवाकर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

वृक्षारोपण कार्यक्रममा जुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्षहरु भक्त बहादुर (कर्ण) तामाङ र देवराज ओझा, वार्यसीएलका केन्द्रीय सदस्य सन्तोष अधिकारी, जिल्लाअध्यक्ष राजन लम्साल उपाध्यक्ष राजन लामा, सचिव सन्तोष रेग्मी लगायतको समेत सहभागिता रहेको थियो । तस्वीरः गणेश पाण्डे