अखिल नेपाल खेलकुद मंहासघ गजुरीको अध्यक्षमा अर्जुन तामाङ चयन

Avatar photo
Dhadingpost
असार २१, २०८२

धादिङ । माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद मंहासघ गजुरीको अध्यक्षमा अर्जुन तामाङ चयन भएका छन् ।

भेलाले उपाध्यक्षमा सुबास मिजार र सलोनी राना मगर, सचिवमा सुनिल भुजेल, कोषाध्यक्षमा सञ्जना भुजेललाई चयन गरेको छ ।

गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त पालिका भेलामा महासंघका अध्यक्ष एवम् जिल्ला खेलकुद विकास समिति धादिङका प्रतापसिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।