कुपामा ‘मुखिया बा’ काे शालिक अनावरण सँगै प्रतिक्षालय उद्घाटन

Avatar photo
Dhadingpost
असार २०, २०८२

धादिङ । प्राकृतिक सुन्दरता बोकेको सामुदायिक एकाताकाे प्रतिकका रुपमा परिचित नीलकण्ठ १४ स्थित कुपा गाउँमा हस्त बहादुर तामाङ ‘मुखिया बा’ काे शालिक अनावरण सँगै प्रतक्षालय उद्घाटन गरिएको छ ।

०५६ सालमा निर्वचित वडा अध्यक्ष बनेका स्व. हस्तबहादुर गुरुङ कुपाको खानेपानी, सडक र अन्य सामाजिक काममा ठुलो योगदान गरेका थिए । उनको सम्झनामा परिवारले निमार्ण गरेको शालिक अनावरण तथा प्रशिक्षालय उद्घाटन नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले बिहिबार एक समारोहका बीच गरेका हुन् ।

स्वर्गारोहण भएको ४९ औं दिनमा भएको शालिक अनावरण तथा प्रतिक्षालय उद्घाटन कार्यक्रम पछि परिवारका सदस्यले धार्मिक परम्परा अनुसार स्वर्गिय हस्त बहादुर गुरुङको आत्माको शान्ति कामना गर्दै पुजापाठ गरेका थिए ।

x