धादिङकी दिलिजाको ‘भ्वाइस किड्स’ चौंथो सिजनमा सुन्दर सुरुवात

Avatar photo
Dhadingpost
असार १९, २०८२

धादिङ । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको सानदार सुरुवात भएको छ ।

१६ वर्षभन्दा तलका बाल प्रतियोगीले मात्र प्रतिस्पर्धा गर्न पाउने यस किड्स रियालिटी शो मा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाकी दिलिजा रुवालीले सुन्दर सुरुवात गरेकी छिन् ।

धादिङकी दिलिजाले ‘पहाडको माथि माथि’ बोलको गित गायकी थिईन उनको गितमा चार जना नै कोचहरुले कुर्ची घुमाएर आगामी यात्राका लागि प्रशंसा गरेका थिए ।

यस प्रतियोगियोतामा आगामी यात्राका लागि दिलिजाले कोच सत्यराज आचार्यलाई रोजेकी छिन् । यो शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने छ

x