मलेसियालाई हराउँदै नेपाल फाईनल प्रवेस

Avatar photo
Dhadingpost
असार १९, २०८२

काठमाडौं । बिहिबार सम्पन्न एसिसी मेन्स यु-१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनल प्रवेश गरेको छ ।

मलेसियाको ९१ रनको सामान्य लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै फाईनल पुगेको हो ।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । फाइनलमा नेपालले मलेसियामाथि २ सय २१ रनको जित निकालेको थियो ।

नेपालले अब उपाधीका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।