
धादिङ । नीलकण्ठ नगरपालिका–३ मा अवस्थित एड्भान्स एकेडेमीले राष्ट्रिय धान दिवसको अवसरमा शनिबार विद्यार्थीलाई राेपाईमा सहभागी गराएकाे थियोे भने आईतबार दही चिउरा खुवाएर धान दिवस तथा १५ असार मनाएकाे छ ।

विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले धान दिवस र १५ असारकाे महत्वतथा दही चिउरा जस्ता परम्परागत परिकारले नेपाली मौलिकता, संस्कृति, परम्परा तथा चाडपर्वसँग विद्यार्थीलाई जोड्ने मात्र होइन, पुस्तान्तरणको माध्यम पनि हुने बताउँछन् ।
यस्ता कार्यक्रमले बालबालिकामा राष्ट्रप्रतिको माया, सामाजिक शिक्षा तथा संस्कृतिप्रतिको सम्मान जागृत हुने उनले बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विद्यालयले आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा शिक्षामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
