धादिङ अस्पातलले डायलाइसिस सेवालाई थप विस्तार गर्दै

Avatar photo
Dhadingpost
असार १५, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको प्रादेशिक धादिङ अस्पातलले असार १६ गतेबाट डायलाइसिस सेवालाई थप विस्तार गर्ने भएको छ ।

धादिङ अस्पतालले २०७९ साउन २६ गते देखि डायलाइसिस सेवा दिँदै आएको छ । पहिलो पटक त्रिपुरासुन्दरी गाउँपालिका २ निवासी मृगौला रोगी पदमबहादुर थपलियाले सेवा लिएका थिए । हाल २२ जनाले उक्त सेवा लिई रहेका छन् भने २६ जना धादिङ अस्पतालबाट सेवा लिन पर्खाईमा बस्दै जिल्ला बाहिरका अस्पतालहरुबाट डायलाइसिस सेवा लिदैँआएका छन् ।

तीन वटा मेशिनबाट सेवा दिँदै आएका थियौं । बागमती प्रेदेश सरकारले दुईवटा नयाँ मेशिन पठाए सँगै पालोमा पर्खिरहेका अन्य मृगौला रोगीका लागि सहज हुनेगरि भोली (असार) १६ गतेबाटै डायलाइसिस सेवालाई थप विस्तार गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गगन अधिकारीले धादिङपोष्टलाई बताए ।