नीलकण्ठको चार स्कुलले एसईईमा सत प्रतिशत नतिजा निकाल्दा रघु शुन्य

Avatar photo
Dhadingpost
असार १४, २०८२

धादिङ । एसईई २०८१ को नतिजा सार्वजनिक भएसँगै धादिङ जिल्लमामा सबैभन्दा धेरै माध्यामिक विद्यालयहरु रहेको नीलकण्ठ नगरपालिकामा ४ विद्यालयले सत प्रतिशत नजिता निकाल्दा रघु माध्यामिक विद्यालयबाट एक जना पनि उत्तिर्ण भएनन् ।

नीलकण्ठ नगरपालिको प्रकाश मावि, लामा गुरु मावि, महेन्द्र मावि र भैरवी मावि गरी चार सरकारी विद्यालयहरुले सत प्रतिशत विद्यार्थीहरु उत्तिर्ण गराउँदा जिल्लाका टप मानिएका निजी विद्यालयहरुले समेत सत् प्रतिशत नतिजा ल्याउन सकेनन् ।

नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाए अनुसार जिल्लाबाट ८ जना विद्यार्थीहरुले चार जीपीए ल्याउँदा ५ जना नीलकण्ठ नगरपालिकाका कै छन् भने नीलकण्ठ ६ मा रहेको रघु माविबाट परिक्षा दिएका ८ जना सबै नन ग्रेडमा परे ।

नीलकण्ठ नगरपालिकाबाट चार जीपीए ल्याउनेमा न्यू किबो बोर्डिङबाट आयुष शर्मा र समिर भण्डारी, चिल्ड्रेनपार्कबाट प्रिसिला तामाङ, नीलकण्ठ बालमन्दिरबाट सन्ध्या तिमल्सिना र सुनौलो भैरवीबाट प्रशंषा श्रेष्ठ छन् ।

एसईई-२०८१ मा नीलकण्ठ नगरपालिकाको नतिजा