धादिङका सुनिलले पुरानो विश्व कीर्तिमान तोडे

Avatar photo
Dhadingpost
असार १४, २०८२

धादिङ । धादिङ गल्छी गाउँपालिकाका २५ वर्षीय सुनिल खड्काले १० वर्ष पुरानो गिनिज वर्ल्ड रेकर्ड तोडेका छन् ।

नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए । उक्त किर्तिमानी दश वर्षपछि गल्छीका सुनिलले तोड्न सफल भएका हुन् ।

सुनिलको रेकर्डबारे गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ । सुनिलले सन् २०२० देखि निरन्तर अभ्यास गर्दै आएका थिए ।