
धादिङ । धादिङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी सदस्यता लिनेको संख्या १० हजार ६५४ जना पुगेको छ ।
एमाले धादिङले बागमती प्रदेश कमिटीलाई पठाएको पार्टी सदस्य विवरणमा २०८२ को नविकरण र नयाँ सदस्यको संख्या नविकरण तर्फ ९ हजार ३७७ र नयाँ १ हजार २७७ जना गरि १० हजार ६५४ जना रहको उल्लेख गरिएको छ ।
उक्त विवरणमा सबै भन्दा बढी पार्टी सदस्य थाक्रेमा १ हजार ९४० जना रहेका छन् भने सबैभन्दा कम रुवी भ्यालीमा ८९ जना रहेका छन् ।

