त्रिपुरासुन्दरीद्वारा खेलकुदलाई २५ लाख विनियोजन

Avatar photo
Dhadingpost
असार ११, २०८२

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि खेलकुदका लागि २५ लाख वियिोजन गरेको छ ।

वजेट अभाव देखाउँदै जेनतेन राष्ट्रपति रनिङ र केहि स्थानीय प्रतियोगिताहरुलाई सहयोग सिमित राखेको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी वर्षका लागि २५ लाख भने पनि विनियोजन गर्दा स्थानीय खेलाडीहरुले राहातको महसुस भएको बताएका छन् ।

त्रिपुरासुन्दरीले सामाजिक विकास कोष तर्फ विनियोजन गरिएको ३६ करोड ३२ लाख ६९ हजारबाट खेलकुद तथा मनोरञ्जन तर्फ २५ लाख विनियोजन गरिएको पालिकाका उपाध्यक्ष देवराज धरेलले धादिङपोष्टलाई बताए ।

x