धादिङका सबै पालिकाले तोकिएको समयमै ल्याए वजेट

Avatar photo
Dhadingpost
असार ११, २०८२

धादिङ । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट आगामी वर्षका लागि अनुमाजित वजेट गाउँ सभामा पेश गरि सक्नुपर्ने प्रवधानलाई यो पटक धादिङका स्थानीय तहले पुरा गरेका छन् ।

गत वर्ष विवादका कारण ढिलोगरी वजेट ल्याएको सिद्धलेकले यो पटक सबैभन्दा पहिला बजेट सार्वजनिक गर्यो भने तोकिएको अन्तिम दिन असार १० गते धुनिवेशी,थाक्रे, गजुरी, खनियाबास, रुवी भ्यालीले आगामी वर्षका लागि अनुमानित वजेट गाउँ सभामा पेश गरेका हुन् ।

०८२/०८३ का लागि धादिङका पालिकाहरुको अनुमानित बजेट
नीलकण्ठको १ अर्व २२ करोड, ९८ लाख, ५ हजार
धुनिवेशीको ९५ करोड २० लाख ८५ हजार ६ सय ८
थाक्रेको ९३ करोड १२ लाख ४५ हजार
त्रिपुरासुन्दरीको ६४ करोड ९० लाख
गल्छीको ७३ करोड ४५ लाख २६ हजार ५ सय २५
बेनीघाट रोराङको ९३ करोड ३० लाख ३१ हजार
सिद्धलेकको ६० करोड ५७ लाख ८४ हजार ९१४
खनियाबासको ४४ करोड १५ लाख ८० हजार ५ सय
रुवी भ्यालीको ४५ करोड ४७ लाख ३४ हजार
गजुरीको ६७ करोड २२ लाख ९२ हजार
गङ्गाजमुनाको ६२ करोड ११ लाख ६६ हजार ३ सय ५७ रुपैयाँ
नेत्रवती डबजोङको ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैया
ज्वालामुखीको ६४ करोड ८ लाख ९० हजार