
धादिङ । धादिङ नेपाली समाज अमेरिका मार्फत क्यान्सर पिडित सल्यानटारका विष्णु श्रेष्ठलाई २ लाख ५५ हजार ७७५ रुपैयाँ प्रदान गरिएको छ ।
समाजले धादिङ गंगाजमुना गा.पा. वडा नं ७ बुढाथुम स्थायी निवासी ईश्वर श्रेष्ठको श्रीमती विष्णु श्रेष्ठ (क्यान्सर पिडित) (माइती सल्यानटार २) को लागि आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने सबैलाई धन्यावाद समेत दिएको छ ।
अध्यक्ष टकबहादुर रुवालीका अनुसार बुढाथुम-काठमान्डौ नेवारी समाजका सदस्य श्री गोपाल श्रेष्ठको संयोजकत्वमा नेवारी समाजका अध्यक्ष धुर्व कुमार श्रेष्ठ तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा विरामीलाई भेटी रकम हस्तान्तरण गरिएको छ ।
कस्ले कति सहयोग गरे अमेरिकी डलरमा
टंक बहादुर रुवाली १०१, रामेश्वर बुर्लाकोटी १०१, राज श्रेष्ठ १०१, नवराज बुर्लाकोटी १०१, दिवाकर पान्डे १०१, रमेश श्रेष्ठ ५१, भरत बंजारा ५०, प्रशान्त पाठक ४९, देव सडौला ५१, नवराज कडेल ५१, मन छत्कुली १०१, राम मल्ल ठकुरी ५१, विजय श्रेष्ठ ५१, बैकुण्ठ अधिकारी ५१, रन्जीत गोली ५१.११, सोम कुमार श्रेष्ठ ५१, बाबु त्रिपाठी ४१, रण बहादुर अधिकारी १२०, निरज कुमार आमात्य ५१, अर्जुन बोगटी २५, बलराम श्रेष्ठ २५, कमल दुवाडी ५०, बद्री खतिवडा ५१, रामहरी अधिकारी ५१, रवीन बिहारी ५१, कुमार घले १००, राम कार्की ५५, गणेश लम्साल ५१, सुमिता नेपाल ३०, किशोर रिजाल ५० र छन्द घरेल ३१ ।
