
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले आयोजना गरेको माध्यमिक तहको जिल्ला स्तरिय निवन्ध लेखन प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा अध्ययनरत खुसि राना मगर प्रथम भएकी छिन् ।
अन्तराष्ट्रिय योग दिवस २०८२ को अवसरमा आयोजित ‘सिंगो पृथ्वी समग्र स्वास्थ्यका लागि योग’ भन्ने शिर्षक दिईएको थियो उक्त प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयबाट सहभागी संजीवनी पोखरेल द्वितीय हुँदा महेन्द्र माध्यामिक विद्यालयमा अध्ययनरत सुजाता श्रेष्ठ तृतीय बन्न सफल भएकी छिन् ।
असार ६ गते सम्पन्न भएको उक्त प्रतियोगिताको विजयीहरुलाई आयोजक शिक्षा विकास तथा समन्वय इकाइ, धादिङले योग दिवसको दिन पुस्कार प्रदान गरेको थियो ।

