
धादिङ । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औँ राष्ट्रिय महाधिवेशनबाट धादिङका ठानप्रसाद बसौला र राम बहादुर खतिवडा केन्द्रिय समितिमा निर्वाचित भएका छन् ।
विद्युतिय मेशिनद्वारा भोटिङ भएको उक्त राष्ट्रिय महाधिवेशन खुल्ला सदस्य तर्फ धादिङका निवर्तमान अध्यक्ष समेत रहेका बसौलाले २२४ मत ल्याउँदै विजयी भएका हुन् भने धादिङ कै राम बहादुर खतिवडा लेखा समितिको संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिबेशनबाट केन्द्रिय अध्यक्षमा हऺसबहादुर शाही २७२ मत ल्याई विजयी हुँदा उनको प्रतिद्वन्दी यामबादुर कुँवरले १६५ र कमला थापाले ११ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा ३०० मत ल्याई विजयी बने भने उपाध्यक्षमा गोविन्द बहादुर भण्डारी २३८ मत र अम्बिका चौलागाई २९८ मतका साथ विजयी बने ।
