
काठमाडौं । आजदेखि मलेसियामा हुने एसीसी १६ वर्षमुनिको इस्ट जोन कप खेलमा नेपालले आज सिङ्गापुरसँग खेल्दैछ ।
खेल बिहान ८ बजे शुरु हुने छ । नेपाली टिममा विपिनप्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही रहेका छन् ।
१६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् ।
