
धादिङ । प्याब्सन धादिङले आफ्ना सदस्य विद्यालयमा कार्यरत अंग्रेजी तथा नेपाली विषयका शिक्षकहरूको क्षमता अभिबृतीका लागि एक दिवसीय कार्यशाला सम्पन्न गरेको छ ।
३० भन्दा बढी विद्यालयका शिक्षकहरू सहभागी शनिबार सम्पन्न भएको उक्त कार्यशाला अंग्रेजी विषयको धादिङबेसीमा र नेपाली विषयको गाल्छीमा भएको थियो ।
अंग्रेजी कार्यशालामा “पाथफाइन्डर” पुस्तकका लेखक रोमहर्ष पन्थी प्रशिक्षक थिए भने नेपाली कार्यशालाको प्रशिक्षण प्रा डा देवि नेपाल रहेका थिए ।
कार्यक्रमको समापनमा प्रमुख अतिथि, प्याब्सन धादिङका अध्यक्ष तथा सचिव भीम बहादुर श्रेष्ठ लगायत अन्य अतिथिहरूबाट सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
प्याब्सन धादिङले जिल्लाभित्रका शिक्षकहरूको शैक्षिक तथा पेशागत क्षमतामा वृद्धि गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण सिर्जना गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्दै आइरहेको छ। नयाँ प्रविधिको प्रयोगमार्फत अध्यापन पद्धतिलाई आधुनिक बनाउने उद्देश्यले यस किसिमको तालिम आयोजना गरिएको प्याब्सन धादिङ को सचिब भीम बहादुर श्रेष्ठले बताए ।
