द भ्वाइस अफ एडभान्स 2082 सम्पन्न

Avatar photo
Dhadingpost
असार ६, २०८२

धादिङ । ‘बुक फ्री फ्राइडे’ को अवसरमा एडभान्स एकेडेमीले अायाेजना गरेकाे ‘द भ्वाइस अफ एडभान्स 2082’ को फाइनल राउन्ड सम्पन्न भएकाे छ । अन्तिम चरणमा विभिन्न पाँच श्रेणीबाट छनोट भएका २५ जना विद्यार्थीहरूले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए ।

यसअघि जेठ ३० गते सम्पन्न भएको छनोट चरणबाट उत्कृष्ट प्रतिभाहरू फाइनलमा प्रवेश गरेका थिए । विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठ, गायक हरि सुनार तथा विद्यालय अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ले ट्रफी प्रदान गरेका थिए ।

विजेताहरू:
कक्षा १–२ तर्फ आग्या श्री श्रेष्ठ
कक्षा ३–४ तर्फ इभा अधिकारी
कक्षा ५–६ तर्फ सुनिता शाक्य
कक्षा ७–८ तर्फ सपना सुनार
कक्षा ९–१० तर्फ बादल परियार

कार्यक्रमको आयोजना एडभान्स एकेडेमीको ECA टिमले गरेको थियो । कार्यक्रमका होस्ट उपप्राचार्य नबिन थपलिया रहेका थिए भने कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले गरेका थिए ।