
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले वडा नम्बर २ मा जिविको पार्जन सुधार कार्यक्रम अन्तरगत १५ दिने बेकरी तालिम सम्पन्न गरेको छ ।
गाउँपालिकाले आयोजना गरेको उक्त १५ दिने तालिमले सहभागीहरूलाई बिस्कुट, केक, ब्रेड, दुनोट लगायतका सामग्रीहरू बनाउने सीप प्रदान गरिएको थियो । तालिम अवधिभर सहभागीहरूले प्रयोगात्मक अभ्यासका साथ व्यवसायिक बेकरी सञ्चालनसम्बन्धी आधारभूत ज्ञान समेत प्राप्त गरेका थिए ।
उप प्रमुख एवम् समापन कार्यक्रमका प्रमुख अथिति देवराज धरेलले , “यो तालिमले सहभागीहरुलाई स्वरोजगार बन्ने दिशामा अघि बढाएको बताए । गाउँमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नु पालिकाको उद्देश्य हो, स्थानीयस्तरमा गुणस्तरीय बेकरी सामग्री उपलब्ध गराई आम्दानी लिन सक्ने गरि तालिम दिईएको योजना शाखा प्रमुख नवराज श्रेष्ठ बताउँछन् ।
तालिमले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न, आत्मनिर्भरता बढाउन र आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ । साथै, तालिमपछिको निरन्तर फलोअप र बजार पहुँचको सुनिश्चितता भएमा सहभागीहरू सफल उद्यमी बन्न सक्ने अपेक्षा गरिएको छ ।

