बृचेतमा हाते होजियारी तालिम सम्पन्न

Avatar photo
Dhadingpost
असार ५, २०८२

धादिङ । खनियाबास गाउँपालिकाले कहिला सशक्तिकरण कार्यक्रम अन्तरगत बृचेतमा महिलाहरुलाई उनको धागोबबाट निर्मित गुडिया तथा खेलौना सामाग्री निमार्ण गर्ने एक महिने हाते होजियारी तालिम सम्पन्न गरेको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै पालिका उप प्रमुख सेक्केमान तामाङले महिलालाई स्वरोजगार बनाउन तालिम दिईएको हो । तपाईहरुले उत्पादन गर्ने सामाग्री पालिकाले नै बजार व्यवस्थापनमा सघाउने हुँदा तालिम लिएर त्यत्तिकै नबस्न आग्रह गरेका थिए ।

तालिममा १७ प्रकारका सामाग्री बनाउन सिकाईएको युवाराज सुनारले धादिङपोष्टलाई बताए । वडा अध्यक्ष कमान सि तामाङको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत छोईसाङको विशेष आतिथ्यता, नेपाल हस्तकला कालिगड सघंका अध्यक्ष दिपक विश्वकर्मा, प्रमुख प्रशिक्षक एवम नेपाल हस्तकला कालिगड संघका सचिव गोमा कुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।