नीलकण्ठ नगरपालिकाको लेखन म्याराथुन सम्पन्न

Avatar photo
Dhadingpost
असार ५, २०८२

धादिङ । नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम, अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत (कक्षा ६-८) तथा माध्यमिक (कक्षा ९-१०) तह स्तरीय लेखन म्याराथुन (Writing Marathon) प्रतियोगिता सम्पन्न गरेको छ ।

नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टका अनुसार माध्यमिक तह (कक्षा ९-१०) नेपाली भाषा तर्फ धादिङ वोर्डिङका पाविल श्रेष्ठले ७ घण्टा ९ मिनेट निरन्तर लेख्दै प्रथम भए भने अंग्रेजी भाषा तर्फ ७ घण्टा १० मिनेट निरन्तर लेख्दै नीलकण्ठ बालमन्दिर माविकी कृति श्रेष्ठ प्रथम भईन् ।

जेष्ठ २९ गते भएको उक्त प्रतियोगिताको नतिजा असार ४ गते सूचना मार्फत सार्वजनिक गरिएको थियो । प्रतियोगितामा, “यदि म हाम्रो देशको प्रधानमन्त्री भएँ भने…” “If I were the Prime minister of our Country….” भन्ने शिर्षक दिएको थियो, शब्द गणना (Word number Counting), समय अवधि (Duration), विषयवस्तु (Content), लेखन शैली (Writing Style) लाई आधारमानि नतिजा निकालिएको शिक्षा अधिकृत भट्टले बताए ।

विगत २ वर्ष अघि देखिनै हालको नीलकण्ठ बालमन्दिर माविमा लेखन दौड नेपाली भाषामा हुँदै आएको थियो । नीलकण्ठ रीडर्स क्लबले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले मात्रै भाग लिन पाउने गरि माघमा गरेको लेखन दौड प्रतियोगितामा आठ जना विद्यार्थीले लगातार आठ घण्टा १ मिनेट लेखेर यस अघिको रेकर्ड ब्रेक गरेका थिए । त्यस अघि कक्षा नौ मा अध्यनरत अनुस्का केसीले लगातार ६ घण्टा १ मिनेट लेखेर रेकर्ड बानाएकी थिईन् ।

प्रतियोगिताको नतिजा