
सेड इलान, इजरायल । इजरायल र ईरान बीचको बढ्दो घटनाक्रमले इजरायलमा रहेका नेपालीहरु पनि प्रभावित भएका छन् । तथापी आतङ्कित भने छैनौं ।
अहिले सुरक्षाका लागि होम फ्रन्ट कमान्डको निर्देशन अक्षरश पालनाको लागि अनुरोध गरिएको छ। इजरायलमा सुरक्षित स्थान (बङ्कर) हुने हुँदा र इजरायलको आइरन डोम र सुरक्षा प्रणालीले धेरै हदसम्म रोक्न सफल भएकोले आफूहरु सुरक्षित रहेको राजन दुवाडीले बताए ।
दुवाडीका अनुसार इजरायलमा धादिङ घरभएका ६५ जना कार्यरत छन् । विभिन्न सामाजिक सन्जाल र ग्रुपमा आपसी कुराकानी भइरहेको छ र सुरक्षित स्थान मै छन् ।
नेपाली दुतावासले हटलाइन २४ सै घण्टा खुल्ला गरेको छ भने गैरआवासीय नेपाली संघले विभिन्न सुचना तथा जानकारीहरु दिइनै रहेकोले पनि नेपालीहरु अहिले सम्म आतङ्कित अवस्थामा नरहेको दुवाडी बताउँ छन् ।
इजराईलमा रहेका धादिङका राजन दुवाडीका अनुसार दिनमा इरानको आक्रमण भएको छैन जति पनि आक्रमण भएका छन् रातको समयमा भई रहेका छन् । इरानबाट सयौं मात्रामा ड्राेन र मिसाइल प्रहार भएका छन्। हालसम्म ११ (४जना बालबालिका) जनाकाे मृत्यु र २०० जना भन्दा धेरै घाइते र ७ जना बेपत्ता भएको ( N12) न्युजहरुले बताएका छन् । आज बेलुका ८ बजे सम्मलाई स्कुल, कार्यालयहरु, महत्त्वपूर्ण कामभन्दा बाहेक बन्द गरिएको छ । जल र हवाई उडान बन्द गरिएको छ ।अन्य देशहरू सँगकाे युद्ध भन्दा अलि जाेखिम हुने यहाँका नागरिकहरु र पुराना नेपालीहरु बताउँछन् ।
