
धादिङ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बागमती प्रदेशले आयोजना गरेको प्रथम प्रदेश स्तरीय चित्रकला प्रतियोगिता -२०८२ भएको छ छ ।
सिन्धुपाल्चोकको सेरावीच रिसोर्टमा सम्पन्न प्रतियोगितामा १३ जिल्लाबाट छनोट भईआएका ७२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
गत जेठ १० गते प्याब्सन धादिङले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगिताबाट छात्रतर्फ चिल्ड्रेनपार्क धादिङबेसीका आयुष बराईली र छात्रा तर्फ मुनाल एकेडेमी गजुरीकी कृशुना डल्लाकोटी छनोट भई उक्त प्रदेश स्तीय प्रतियोगितामा सहभागी भएको थिए ।
प्रदेश स्तरीय प्रतियोगितामा प्याब्सनमा आवद्व चिल्ड्रेनपार्क आवासीय माध्याकिम विद्यालयका आयुष बराईलीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । प्रदेश स्तरीय पहिलो चित्रकला प्रतियोगितामा धादिङ पहिलो पटकमा नै पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै चिल्ड्रेनपार्क र आयुष बराईलीले समग्र प्याब्सन धादिङको गरिमा उचो बनाएको प्याब्सन धादिङका सचिव भीम बहादुर श्रेष्ठले बताए ।
