धादिङको ६ खेलाडी सहभागी छात्रा/छात्र दुबै कबड्डी बागमतीले जित्यो

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०८२

धादिङ । काठमाडौंमा सम्पन्न १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागमती प्रदेशको छात्रा र छात्र दुबै कबड्डी टिममा धादिङ ३–३ जना खेलाडी सहभागी थिए । दुबै टिमले प्रदेशका लागि स्वर्ण पदक जित्न सफल भएको छ ।

धादिङ कबड्डी संघका अध्यक्ष रत्नेश यादवका अनुसार फाईनलमा बागमती प्रदेशको दुबै टिमले लुम्बीनी सँग खेलेका थियो छात्रा टिमले २७-३२ अंक स्कोरमा र छात्रा टिमले ३३–४४ को अंक स्कोरमा पराजित गर्दै स्वर्ण जित्न सफल भएको हो । बागमती प्रदेशको छात्रा कबड्डीमा धादिङबाट धना राहाडी मगर, कोपिला तामाङ, रेजिना तामाङ र छात्र कबड्डीमा अर्जुन तामाङ, जीवन श्रेष्ठ र रबिन श्रेष्ठ सहभागी थिए ।

रुवी भ्याली सेर्तुङका विवश तामाङले तेक्वान्दो एकल पुरुष पुम्सेमा स्वर्ण पदक जितेका छन् भने थाक्रे निवासी सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिङ थ्रो मा कास्य पदक जितेकी छिन् ।

केन्द्रिय प्रतियोगितामा आएको नतिजा प्रति हर्षित हुँदै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङको कबड्डी टिम प्रदेश विजेता टिम हो । केन्द्रमा पनि खेलाडीले नतिजा दिन्छन् भन्नेमा ढुक्क थें । नतिजा उत्कृष्ट आयो । विद्यालय खेलकुदमा धादिङले ऐतिहासिक रेकर्ड राखेको उनले बताए ।

यस प्रतियोगितामा सात प्रदेशबाट एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेलमा छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । फोटो सौजन्यः रत्नेश यादव