
धादिङ । आफू किसानको छोरो भएकोले किसानका हरेक समस्या बुझ्छु र आफ्नो कार्यकाल पूर्णत: किसानको हितका लागि काम गर्ने प्रतिवद्धता सहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हाल्न पुगेका धादिङका रामनाथ अधिकारीले कृषिको वजेट गत वर्ष भन्दा बढाउन सफल भएका छन् ।
त्यसो त, गृह जिल्लामा आफू मन्त्रि भएपछि अधिकारीले कति वजेट कृषिका लागि पठाए त हामीले मन्त्रीका सचिवलय सदस्य नवराज तिमल्सिनालाई सोधेका थियौं । उनका अनुसार गत वर्षको तुलनामा कृषिमा मात्रै यो वर्ष धादिङमा १३ करोड वजेट बढेर आएको छ ।
धादिङमा गत वर्ष जम्मा ७ करोड ८६ लाख आएको थियो यस वर्ष २० करोड १ लाख धादिङको कृषिमा आएको छ । एकिकृत कृषि आधुनिकिकरण मार्फत रुवीभ्यालीमा भेडा/च्याङ्ग्रा प्रवर्धन, चैते धान प्रवर्धन, बाख्रा जोन कार्यक्रम र भैसीको मासु चिनमा निर्यात गर्ने मन्त्रालयको योजना अनुरुप धादिङमा पाढा/पाडी प्रवर्धन समेतका कार्यक्रम धादिङ हुने तिमल्सिनाले धादिङपोष्टलाई बताए ।
धादिङमा ०८२/०८३ का लागि संघीय सरकारबाट
कुन पालिकाको कृषिमा कति बजेट
१. धुनिवेशीलाई ९६ लाख
२. नीलकण्ठलाई १ करोड ३७ लाख
३. खनियाबासलाई ८१ लाख
४. गङ्गाजमुनालाई ७६ लाख
५. गजुरीलाई ८३ लाख
६. गल्छीलाई ६२
७. ज्वालामुखीलाई ६८ लाख
८. त्रिपुरासुन्दरीलाई १ करोड ३५ लाख
९. थाक्रेलाई ८१ लाख
१०. नेत्रावती डबजोङ्गलाई ९८ लाख
११. बेनीघाट रोराङलाई ७६ लाख
१२.रुवी भ्यालीलाई ६७ लाख
१३. सिद्धलेकलाई १ करोड
