धादिङकी सृजनाले जितिन केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा कास्य पदक

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०८२

धादिङ । धादिङको थाक्रे १० स्थित केवलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालयकी छात्रा सृजना श्रेष्ठ (पिङ्की) ले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कास्य पदक जित्न सफल भएकी छिन् ।

पालिका जिल्ला हुँदै प्रदेशमा समेत स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगितामा सहभागी सृजनाले ज्याभलिङ थ्रो मा कास्य पदक जितेकी हुन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धादिङका नौ खेलाडी सहभागी छन् ।
कबड्डि छात्र तर्फ: अर्जुन तामाङ, जीवन श्रेष्ठ र रबिन श्रेष्ठ
कबड्डि छात्र तर्फ: धना राहाडी मगर, कोपिला तामाङ र जस्मिना तामाङ
एथलेटिक्स तर्फ: सिर्जना श्रेष्ठ
भलिबल छात्र तर्फ: मिलन गुरुङ
भलिबल छात्रा तर्फ: कृषना बराम

सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।