
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
यस प्रतियोगितामा पालिका जिल्ला हुँदै प्रदशे छनोट भई धादिङका ९ जना खेलाडी सहभागि छन् ।
केन्द्रि प्रतियोगितामा बागमतीबाट खेल्दै धादिङका नौ खेलाडी
कबड्डि छात्र तर्फ: अर्जुन तामाङ, जीवन श्रेष्ठ र रबिन श्रेष्ठ
कबड्डि छात्र तर्फ: धना राहाडी मगर, कोपिला तामाङ र जस्मिना तामाङ
एथलेटिक्स तर्फ: सिर्जना श्रेष्ठ
भलिबल छात्र तर्फ: मिलन गुरुङ
भलिबल छात्रा तर्फ: कृषना बराम
सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।
