अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा प्रतापसिंह तामाङ चयन

Avatar photo
Dhadingpost
जेष्ठ १०, २०८२

धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङको दाेश्राे अधिवेशनबाट अध्यक्षमा प्रतापसिंह तामाङ चयन भएका छन् ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा विदुर अर्याल र दिपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र राेहित श्रेष्ठ चयन भएका छन् ।

महासंघका केन्द्रीय महासचिव अन्जन धमलाकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त अधिवेशनमा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे विशेष आतिथ्ता, जिल्ला संयाेजक मनराज भण्डारी, महासंघका केन्द्रीय सचिव गाेविन्द घिमिरे लगायतकाे आतित्थ्यता रहेकाे थियाे ।