भारतको अपरेशन सिन्दूरको जवाफमा पाकिस्तानद्वारा ड्रोन आक्रमण

Avatar photo
Dhadingpost
बैशाख २६, २०८२

एजेन्सी । भारतको अपरेशन सिन्दूरको जवाफमा पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ ।

पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान पनि भइरहेको छ ।

भारतले गएको मङ्गलवाररातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।