धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो भोलीबाट

Avatar photo
Dhadingpost
बैशाख २५, २०८२

धादिङ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङ र अन्तर्राष्ट्रिधादिङ समाजको सह आयोजनामा धादिङबेसीमा भोलीबाट बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

बैशाख २७ गते सम्म जारी रहने यस प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले गर्ने कार्यक्रम रहेको जय नेपाल स्पोर्टस धादिङका अध्यक्ष अनिश अधिकारीले धादिङपोष्टलाई बताए ।

प्रतियोगिताको विजयी टिमलाई १ लाख उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहरुलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने उतकृष्ट महिला र पुरुष खेलाडीलाई नगद रु १०/१० हजार पुरस्कार दिइने बताएको छ ।

यस प्रतियोगितामा बागमती प्रदेशका करीव ५०० जना खेलाडीहरु सहभागी हुने भएका छन् । आज सबै खेलाडी धादिङबेसी आईपुग्ने अध्यक्ष अधिकारीले बताए । खेलवधीभर सम्पुर्ण खेलाडीलाई आयोजकले बिहान र बेलुकी खानाको व्यवस्था गर्ने भएकाे छ ।

प्रतियोगिता को उत्कृष्ट महिला खेलाडीले Heartland Academy Centre For Women बालाजुमा कक्षा ११ र १२ फुल स्कलरसिप, जेहेन्दार २ महिला खेलाडीलाई ७५ प्रतिशत छुट र अन्य ५ जना महिला खेलाडीहरुई ५० प्रतिशत छुटमा अध्यनको अवसर प्रदान गरिनेछ जनाईएको छ ।

प्रतियोगितामा निम्न तौल समूहका खेलाडीले भाग लिने छन्
पुरुष तौल समूह: १०-२० के.जी, २०-२४ के.जी, २४-२८ के.जी, २८-३२ के.जी, ३२-३६ के.जी, ३६-४० के.जी, ४२-४५ के.जी., ४५-४८ के.जी., ४८-५१ के. जी, U-५४ के.जी, U-५८ के.जी, U-६३ के.जी
महिला तौल समूह: २४-२८ के.जी, २८-३२ के.जी, ३२-३६ के.जी, ३६-३९ के. जी, ३९-४२ के. जी ४२-४४ के. जी, U-४६ के. जी, U-४९ के. जी, U-५३ के. जी, U-५७ के. जी, U-६३ के. जी