तरुण दल नीलकण्ठको आज पाँचौं नगर अधिबेशन हुँदै

Avatar photo
Dhadingpost
बैशाख ६, २०८२

धादिङ । तरुण दल नीलकण्ठ नगरपालिकाको आज पाँचौं नगर अधिबेशन धादिङबेसी स्थित वि. पि. स्मृति भवनमा हुने भएको छ ।

तरुण दल नीलकण्ठको अधिवेशन गर्ने जिम्मा जिल्ला उपाध्यक्ष धाकृष्ण भण्डारीले पाएका छन् । उनले अधिवेशनको सबै तयारी सकिएको र आज ११ बजेबाट अधिबेशन सुरु हुने बताएका छन् । हामी सर्वसम्मत नगर कमिटी बनाउने तयारीमा छौं सर्वसम्मत भएन भने प्रजातान्त्रिक विधिमा जाने बाटो खुल्ला रहेको बताए ।

बैशाख १५ गते भित्र जिल्ला अधिबेशन गर्ने हाम्रो तयारी छ त्यसै अनुरुप जिल्ला पालिका अधिबेशनहरु भैरहेको जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले जनाए ।

नेपाली काँग्रेस प्रजातान्त्रिक र नेपाली काँग्रेसबीच २०६४ सालमा पार्टी एकता भएपश्चात तरुण दल धादिङको अधिवेशन हुन सकेको छैन ।

२०६१ सालदेखि अध्यक्ष रहेका गोपाल विश्वकर्माले २०७३ सालमा चौथो अधिवेशन गराएर दिनेश लामालार्न नेतृत्व हस्तान्तरण गरेपनि तरुण दल केन्द्रले चौथो अधिवेशनलाई अमान्य घोषणा गरेर पुनः विश्वकर्मालाई नै जिम्मेवारी दिँदा तरुण दल धादिङको अध्यक्षको रुपमा विश्वकर्माले २० वर्षको कार्यकालमा अधिबेशन गराउने अन्तिम तयारीमा छन् ।

x