धादिङको राष्ट्रपति रनिङ शिल्ड बैशाख ११ देखि हुने

Avatar photo
Dhadingpost
बैशाख ५, २०८२

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले जिल्ला स्तरीय १४ औं राष्ट्र पति रनिङ शिल्ड प्रयोगितामा यहि बैशाख ११-१३ गते सम्म आयोजना गर्ने भएको छ ।

अध्यक्ष प्रताप सिं तामाङका अनुसार प्रतियोगिता तेहि मितिमा हुन्छ पुरस्कार र प्रतियोगिताको तयारी र प्रतियोगिता हुने स्थान बारे शनिबार बेलुका बस्ने जिल्ला समन्वय समितिका अध्यक्ष संयोजक रहेको खेलकुद बोर्डको बैठक निर्णय गर्ने छ ।

जिल्लाका सबै पालिकाले लाखौं खर्च गरेर खेलाडी छनौट गरि सकेका छन् जिल्ला स्तरीय छनोट प्रतियोगिता हुँदैन कि भन्ने अन्योलका बीच अब जिल्ला स्तरीय प्रतियोगिता हुने पक्का भएको छ ।

गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको विजेता नीलकण्ठ नगरपालिका लगातार तेस्रो जितका लागि प्रतियोगितामा सहभागि हुने छ भने गत साल उपविजेतामा रोकिएको थाक्रे गाउँपालिका विजेता बन्ने लयमा आफूलाई प्रस्तुत गर्ने दवावका साथ खेल्ने छ । अन्य पालिका पनि नयाँ इतिहास रच्नका लागि मात्रै नभएर प्रदेश र केद्रमा आफ्ना खेलाडी पुर्याउने योजना सहित प्रतियोगितामा सहभागी हुने छन् ।