
धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको अध्यक्षमा ठुलाे भाई श्रेष्ठ चयन भएका छन् ।
आज सम्पन्न भएकाे उक्त प्रथम भेलाबाट उपाध्यक्षमा अर्जुन सिम्खडा, सचिवमा समिर थापा, कोषाध्यक्षमा आसिस घले, सहसचिवमा सन्तोस कडेल. र गिता दरै चयन भएका छन् ।
भेलाले ३५ सदस्य रहेकाे पालिका स्तरीय कमिटी गठन गरेकाे छ । उद्घाटन सत्रमा ३ जनाले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा समाहित भएको घाेषणा गरेका थिए ।
।




























