माओवादी केन्द्र धादिङको बैठकले पालिका सह इन्चार्ज तोक्यो

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०८१

धादिङ । केन्द्रिय सदस्य पुर्वमन्त्री बागमती प्रदेशका सह–ईन्चार्ज हित बहादुर तामाङको प्रमुख आतिथ्यता शुक्रबार सम्पन्न नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती धादिङको विस्तारित वैठकले पालिका सह इन्चार्जमा जिम्मेवारी तोकेको छ ।

बैठकले नीलकण्ठ नगरपालिकाको इन्चार्जमा शम्भु श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थाक्रेको सह इन्चार्जमा पालिका उप प्रमुख समेत रहेको जिन्दगी थापा, धुनिबेसी नगरपालिकाको सह इन्चार्जमा कुमार बहादुर तामाङ, गल्छीको सह इन्चार्जमा शरण सेन्चुरी कल्लेरी, राम प्रसाद अधिकारी गल्छी र नकुल थापा (करुण) गोगनपानी लाई जिम्मेवारी दिएको छ ।

यस्तै सुद्धलेकको सह इन्चार्जमा बुद्ध गुरुङ कुम्पुर र झम्क परियार नलाङ, प्रतिनिधि सभा १ प्रदेश सभा २ क्षेत्रीय समन्वय समिति सचिवमा राजेन्द्र कँडेललाई जिम्मेवारी दिएको छ ।

संयोजक मनराज भण्डारी (शैलेस) को सभापतित्वमा भएको उक्त बैठकमा माओवादी केन्द्र बागमती प्रदेशका सह–ईन्चार्ज एवम् बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जमर कटेल, केन्द्रिय सदस्य धादिङ जिल्ला ईन्चार्ज पुष्पविक्रम मल्ल, दिपा सिंखडा, राम बहादुर भण्डारी, प्रदेश सहसचिव दलबहादुर बुर्लाकोटी (विजय) को विशिष्ठ आतिथ्यता रहेको थियो ।