सुमन स्मृति कपकाे च्याम्पियन बन्याे एमवाईसी

Avatar photo
Dhadingpost
फाल्गुन १७, २०८१

धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा सम्पन्न भएकाे धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगिताकाे फाईनलमा डिएफसीलाई पराजित गर्दै एमवाईसी च्याम्पियन बनेकाे छ ।

खेल सुरुभएकाे पहिलाे मिनेट मै सुमन डंगाेलकाे पासमा अनिल रानामगरले सुरुवाती गाेल गरेका थिए भने खेलकाे ३७ औं मिनेटमा अर्काे गाेल थपेकाे एमवाईसीका विरुद्ध निर्धारित समय सम्म डिएफससीका खेलाडीले कुनै गाेल गर्न सकेनन् ।

च्याम्पियन एमवाईसी टिम: सुमन डंगाेल (१०), साजन पुन (२), साैगात गुरुङ (३), सुसान्त गुरुङ (३०), प्रकाश पुन (१७), सिर्जन पुरी (८), सफल खत्री (१), अनिल राना मगर (७), अभय राना (१४), उत्सव शर्मा (६), मिसन लामा (११), राज पाैडेल (९)

उप विजेता डिएफसी टिम: रवि भण्डारी (८), विपिन कडेल (१५), सागर तामाङ (७), विकी चाम्लिङ राई (१०), समीर गुरुङ (२४), मनाेज तामाङ (१), सुर्य लामा (४७), आशिस प्रजा (३), विमल तामाङ (६), रुपेश अधिकारी (३२, सुवास विश्वकर्मा (१९) र सागर तामाङ (१३)

फाईनल जिते सँगै एमवाई १ लाख ७५ हजार हात पारेकाे छ भने उपविजेता बनेकाे डीएफसीले ७५ हजार पाउँदा सेमिफाइनलमा राेकिएका आर्मी र सेभेन हर्जले सान्तोना हुँदै २५–२५ हजार नगद पाएका छन् ।

x