प्रेस सेन्टर धादिङको अध्यक्षमा नीर तामाङ चयन

Avatar photo
Dhadingpost
पुस २७, २०८१

धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ चयन भएका छन् ।

प्रेस सेन्टर केन्द्रिय समितिका अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमाद्वय दिपा लम्साल र सन्दिप स्याम्चेन तामाङ, सचिवमा विक्रम अधिकारी, सह सचिवमा सन्तोष परियार र प्रेम नेपाली, कोषाध्यक्षमा गजेन्द्र गुरुङ, सदस्यहरुमा रचना श्रेष्ठ, रविना विक, दिनेशलाल श्रेष्ठ, सन्तोष सुवेदी चयन भएका छन् ।

अधिवेशनमा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु पुष्प विक्रम मल्ल, शालिकराम जम्कट्टेल, रामबहादुर भण्डारी, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष कृष्ण गिरी, सचिव सुनिल खड्का, माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, जिल्ला संयोजक मराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।