राेटरी धादिङद्वारा विद्यार्थीलाई न्यानाे कपडा प्रदान

Avatar photo
Dhadingpost
पुस २३, २०८१

धादिङ । राेटरी क्लब धादिङले आज गजुरी गाउँ पालिका -३ स्थित कङ्कालिनी आधारभुत विद्यालय ग्याङराङका १५५ जना बालबालिकाहरुलाइ न्यानो कपडा (टोपि , सुइटर ,जुत्ता, मोजा ) बितरण गरेकाे छ ।

८०% भन्दा बढी चेपाङ बालबालिका अध्ययनरत उक्त विद्यालयमा न्यानाे कपडा बाड्न गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी प्रमुख दिपेन्द्र शाही, ससस्त्र प्रहरी प्रमुख लक्ष्मी थपलिया, अनुसन्धान अधिकृत रिता बराल, रोटरी क्लब डिष्ट्रीक ३२९२ जोन ३५ का असिस्टेन्ट गभर्नर अशोक कुमार बस्नेत लिएर राेटरी क्लव अफ धादिङका अध्यक्ष सुदिप रसाइली विद्यालय पुगेका थिए ।

कार्यक्रम राेटरी क्लव अफ् धादिङलाई पालिका अध्यक्ष श्रेष्ठले विशेष धन्यावाद दिँदै अन्य विद्यालयहरुमा पनि सहयाेगकाे लागि आग्रह गरेका थिए ।