एनपीएलको उद्घाटन खेल विराटनगर र जनकपुर बीच हुने

Avatar photo
Dhadingpost
मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको उद्घाटन खेल विराटनगर किङ्गस र जनकपुर बोल्ट बीच हुने खेल तालिकामा उल्लेख छ ।

मङ्सिर १५ गते शनिवार दिउँसो सवा १२ बजे हुने उक्त खेल सन्दिप लामिछाने रहेको विराटनगर किङ्गसबाट विदेशी खेलाडीहरु अकिब इल्यास ओमन, क्रिकेटर मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम इस्मत आलम खेल्ने छन् भने आसिफ शेख रहेको जनकपुर बोल्ट्सबाट विदेशी खेलाडीहरु जिमी निशम न्युजिल्यान्ड, जोशुवा ट्रम्प अमेरिकाका, मोहम्मद मोहसिन पाकिस्तानका, लाहिरु मिलन्था श्रीलंका र सोयब मक्सद पाकिस्तान खेल्ने छन् ।

विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ र अकिब इल्यास ओमन, क्रिकेटर मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम ।

जनकपुर बोल्ट्सको टोली – आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम न्युजिल्यान्ड, जोशुवा ट्रम्प अमेरिका, मोहम्मद मोहसिन पाकिस्तान, लाहिरु मिलन्था श्रीलंका र सोयब मक्सद पाकिस्तान ।