बेनीघाट रोराङको मदन भण्डारी कप फुटबल भोली देखि

Avatar photo
Dhadingpost
कार्तिक २७, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संचालन गरेको माध्यामिक विद्यालय स्तरीय खेलकुद उत्सव अन्तरगत राष्ट्रपति रनिङ शिल्ड विधाका खेलहरु जारी छन् भने मदन भण्डारी कप फुटबल प्रतियोगिता भोली (बुधबार) देखि सुरु हुँदै छ ।

मदन भण्डारी कप फुटबल प्रतियोगिताको खेल तालिका अनुसार भोली बिहान ७ बजे राष्ट्रिय मावि र पिपलभञ्ज्याङ मावि बीच पहिलो खेल हुने छ । यस प्रतियोगितामा नौं वटा विद्यालयहरुले सहभागिता जनाउने छन् ।

विगत केहि वर्ष अघि देखि बेनीघाट रोराङ गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको समेयमै खेलकुद उत्सवका रुपमा विद्यालय स्तरीय मजदुर सहिद स्मृति वृहत खेलकूद प्रतियोगिता, मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता र अध्यक्ष क्रिकेट कप प्रतियोगिता गर्दै आई रहेको छ ।

बेनीघाट रोराङमा हाल सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।