धादिङमा बेलुका ९ बजेपछि देउसी खेल्न नपाईने

Avatar photo
Dhadingpost
कार्तिक ११, २०८१

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सूचना जारी गर्दै धादिङका बेलुका ९ बजेपछि देउसी भैलो खेल्न नपाईने जनाएका छन् ।

सूचामा भनिएको छ , महान चाडका आ-आफ्नै मौलिकता अनुरुप सामाजिक सदभाव र भातृत्व कायम गर्दै चाडपर्व मनाउँदा पारिवारिक एवं सामाजिक जीवनका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा कुनै असर गर्ने कानून विपरितका कार्य नगर्न नगराउन सबैमा अनुरोध गरिन्छ ।

घरेलु तथा अन्य मदिराको अवैध उत्पादन, ओसारपसार गर्न तथा बेलुका ९ बजे पछि विक्रिवितरण गरे, कानून विपरितका जुवातास, कौड, खोरखोरे, सडुरबुर्जा, सट्टेबाजी, विपद् निम्ताउन सक्ने तथा वातावरणमा प्रत्यक्ष असर गर्ने प्रज्वलनशील पदार्थ पटाका, आतसबाजी, भुईचम्पा जस्ता विस्फोटक पदार्थ वेचविखन, ओसारपसार गरेमा कारवाही हुने सूचनामा उल्लेख छ ।